arrow

शुरू भयो म्यानमारमा आमनिर्वाचन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
myanmar-city.jpg

काठमाडौँ । म्यानमारमा बहुदलीय लोकतान्त्रिक निर्वाचनको पहिलो चरण आइतबारदेखि शुरू भएको छ ।

पहिलो चरणको मतदानसँगै २०२५ को बहुदलीय लोकतान्त्रिक आम निर्वाचन शुरू भएको हो ।

यो निर्वाचन तीन चरणमा सम्पन्न हुने तालिका रहेको छ । जसअनुसार दोस्रो चरण २०२६ जनवरी ११ र तेस्रो चरण २०२६ जनवरी २५ मा हुनेछ ।

यस निर्वाचनमा ५७ राजनीतिक दलका करिब पाँच हजार उम्मेदवारहरूले देशभरका छ सय ९२ निर्वाचन क्षेत्रहरूमा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसले संघीय संसदका दुवै सदन र राज्य तथा क्षेत्रीय संसदहरूका लागि प्रतिनिधिहरू चयन गर्नेछ ।

निर्वाचित संघीय संसदले नयाँ राष्ट्रपति चयन गर्नेछ । जसले आगामी नयाँ संघीय सरकार गठन गर्नेछ ।

निर्वाचन आयोगकाअनुसार मतदानका लागि देशभर कुल २१ हजार पाँच सय १७ मतदान केन्द्र स्थापना गरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ