'जेन-जी' का माग सम्बोधन गर्न अध्यक्ष लिङ्देनको गोलमेच सम्मेलन प्रस्ताव
'राप्रपा निर्वाचनबाट भाग्दैन, हिन्दू राष्ट्रको एजेन्डा लिएर मैदानमा उत्रन्छौँ'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १३ आइतबार
2.1k
Shares
काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी प्रजातान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने भएकाले आगामी फागुनको निर्वाचनमा सक्रिय सहभागी हुने बताएका छन्। मोरङ जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले हिन्दू राष्ट्र र सुशासनको एजेन्डा लिएर जनताको घरदैलोमा पुग्न कार्यकर्तालाई निर्देशन दिए।
अध्यक्ष लिङ्देनले पछिल्लो समय चर्चामा रहेको 'जेनजी' पुस्ताको आन्दोलन निर्वाचनको विपक्षमा नभई भ्रष्टाचारको अन्त्य र सुशासनका लागि भएको तर्क गरे। "जेनजीको विद्रोह निर्वाचन होइन, भ्रष्टाचार र बेथिति विरुद्ध हो," उनले भने। मुलुकमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन अघि नै 'जेनजी' सहित सबै शक्तिहरू सम्मिलित 'गोलमेच सम्मेलन' आयोजना गर्न उनले सरकारसँग माग गरे।
अधिवेशनमा राप्रपा महामन्त्रीद्वय धवलशम्शेर राणा र राजेन्द्र गुरुङ लगायतका नेताहरूले राष्ट्रवादी शक्तिलाई बलियो बनाउन चुनावी तयारीमा जुट्नुपर्नेमा जोड दिए। अधिवेशनले मोरङमा राप्रपाको नयाँ नेतृत्व समेत चयन गर्नेछ।