काठमाडौँ। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ९८ जना घाइते भएको मेक्सिकन नौसेना सचिवालयले जनाएको छ ।
तेहुआनटेपेकको इस्थमसको इन्टरओसेनिक कोरिडोरको निरीक्षण गर्ने मेक्सिकन नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार दुर्घटनाको समयमा लाइन जेडमा रहेको रेलमा करिब दुई सय ५० यात्रु सवार थिए ।
घाइते ९८ जना यात्रुमध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी यात्रुहरूलाई सामान्य उपचारपछि घर फर्कियसँगै एक सय ३९ जना यात्रु खतरा मुक्त भएको बताइएको छ ।
नौसेनाले घटनामा ज्यान गुमाउनेहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूलाई तत्काल सहायता प्रदान गर्न जिम्मेवारीपूर्वक, पारदर्शी रूपमा र कानूनको पूर्ण अनुपालन गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गरेको छ ।
आपतकालीन प्रतिक्रियालाई समर्थन गर्न तीन सय ६० नौसेना कर्मी, २० सवारीसाधन, चार ग्राउन्ड एम्बुलेन्स, तीन एयर एम्बुलेन्स र एक रणनीतिक ड्रोन तैनाथ गर्दै विस्तृत खोजी र उद्धार अभियान शुरू गरिएको नौसेनाले जनाएको छ ।
अधिकारीहरूले दुर्घटनाको कारण पत्ता लगाउन र पीडित र उनीहरूका परिवारलाई सहयोग गर्न सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा काम गर्न जारी राख्ने बताएका छन् ।
दुर्घटनापछि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम पार्डोले नौसेना र आन्तरिक सचिवालयका अधिकारी र मानव अधिकारकर्मीलाई दुर्घटनास्थलमा गएर प्रभावित परिवारलाई भेट्न निर्देशन दिएका छन् । एजेन्सी