arrow

बीस जनाको नाम जिल्ला न्यायाधीशमा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
nyay-parisad-sachivalaya.jpg

काठमाडौँ । न्याय सेवा आयोगले सोमबार जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसी बाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।
     
आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिएका छन् । लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ