arrow

जनसम्पर्क समिति यूएईको पाँचौँ अधिवेशन सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
uae-congress-25-12-28.jpg

यूएई । जनसम्पर्क समिति यूएईले आफ्नो पाँचौँ अधिवेशन सम्पन्न गरेको छ । नेपाली कांग्रेस सम्बद्ध उक्त संस्थाले निकै छोटो समयमा सात वटै क्षेत्रको अधिवेशन पूरा गरेको हो । 

आइतबार यूएईको दुबईस्थित ब्लु प्लेस रेस्टुरेन्टमा  निकै सौहार्दपूर्ण वातावरणमा सर्वसमतिका साथ नेतृत्वमा भवानीप्रसाद तिमिल्सिनालाई पुनः निर्वाचित गरेको छ । कांग्रेस केन्द्रीय सदस्य साथै विदेश विभाग प्रमुख किरणराज पौडेलको प्रमुख आतिथ्यमा अधिवेशनले विधान संशोधन गर्दै आफ्नो केन्द्रीय समिति ५१ सदस्यीय बनाउने र सात वटै क्षेत्रलाई मान्यता प्राप्त गरेको थियो  । 

कार्यक्रम नवनियुक्त महामन्त्री तुलसीराम भुसालले सञ्चालन गरेका थिए । छोटो सूचनाबीच सम्पन्न महाधिवेशनमा उत्साहजनक उपस्थिति रहेको थियो । 

कार्यक्रममा जनसम्पर्कको कामबाट प्रभावित हुँदै ठूलो संख्यामा युवाहरू पार्टी प्रवेश गरेको घोषणा गरेका थिए । केन्द्रीय सदस्य किरणराज पौडेलले उनीहरूलाई खादा र अवीरल स्वागत गरेका थिए । 

सँगसँगै सांस्कृतिक कार्यक्रम पनि राखिएको थियो । 

नवनियुक्त समितिलाई निर्वाचन अधिकृतको रूपमा खटिएकी कानूनविद् आर्जु दाहालले शपथ दिलाएको दामोदर शर्माले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ