काठमाडौँ। प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लूए) ले गाजा पट्टीमा करिब दुई लाख ३५ हजार मानिस हालै आएको बायरन आँधीबाट प्रभावित भएको जनाएको छ ।
गत १०-१७ डिसेम्बरको बीचमा आएको आँधीले आवाशीय भवनहरू ध्वस्त बनाउनुका साथै शरणार्थी शिविरहरूमा क्षति पुगेको एजेन्सीले जनाएको छ ।
सामाजिक सञ्जाल एक्समार्फत युएनआरडब्लूले लामो युद्ध र विस्थापनले गाजाका मानिसहरूलाई भग्नावशेष, अस्थायी आश्रय वा जीर्ण शिविरमा बस्न बाध्य पारेको पुष्टि गरेको छ ।
आँधीलाई “प्राकृतिक प्रकोपको रूपमा वर्णन गदै यसले व्यापक विनाश र इजरायलीको नरसंहारपछि सुरक्षित आश्रयको अभावले गर्दा तीव्र क्षति भएको जनाएको छ ।
युएनआरडब्लूएका अनुसार आँधीका कारण कम्तिमा १७ ओटा भवनहरू ढलेका छन् भने ४२ हजार भन्दा बढी शिविर तथा अस्थायी आश्रयहरू क्षतिग्रस्त भएका छन्, जसले गर्दा कम्तीमा दुई लाख ३५ हजार मानिसहरू प्रभावित भएको जनाइएको छ ।
यस महिनाको शुरूमा गाजामा मौसमी प्रकोपका कारण चार बालबालिका सहित १८ जनाको मृत्यु हुनुका साथै लामो युद्धबाट थलिएका लगभग ९० प्रतिशत गाजनहरूको आश्रय स्थलहरू बाढी प्रभावित भएको जनाइएको छ । एजेन्सी