arrow

प्रदीप ज्ञवालीको प्रश्न: सुरक्षा चुनौती र संवैधानिक अन्योलका बीच निर्वाचनको सुनिश्चितता के ?

हतियार लुटिएको र सुरक्षाकर्मीको मनोबल खस्किएको अवस्थामा निर्वाचन कसरी हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
pradip-gyawali-07-24.jpg

काठमाडौँ। नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले मुलुकको वर्तमान सुरक्षा अवस्था र संवैधानिक अन्योलका कारण तोकिएको समयमा भयरहित निर्वाचन हुनेमा गम्भीर आशंका व्यक्त गरे। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका लागि आवश्यक न्यूनतम सुरक्षा वातावरण समेत नबनेको दाबी गरे।

नेता ज्ञवालीले जेलबाट भागिरहेका कैदी, लुटिएका आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबललाई मुख्य सुरक्षा चुनौतीका रूपमा प्रस्तुत गरे। "भगाइएका हजारौँ कैदी र लुटिएका सयौँ हतियारका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ? यो यक्ष प्रश्न अझै यथावत छ," उनले भने।

त्यस्तै, उनले फागुन २१ का लागि निर्वाचन घोषणा भए पनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरूले उठाएका प्रश्नहरूको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकी नै रहेकाले निर्वाचन हुनेमा कुनै ग्यारेन्टी नरहेको जिकिर गरे। लोकतान्त्रिक प्रक्रियामा न्यायिक निरूपण र सुरक्षाको प्रत्याभूति बिना निर्वाचनको घोषणा मात्र पर्याप्त नहुने उनको तर्क थियो।

नेता ज्ञवालीले सस्तो लोकप्रियता (पपुलिजम) का आधारमा मुलुकलाई सही दिशामा अघि बढाउन नसकिने भन्दै राजनीतिक गम्भीरता प्रदर्शन गर्न सबै पक्षलाई आग्रह समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ