arrow

मुलुकमा भयरहित निर्वाचन कसरी हुन्छ भन्ने यक्ष प्रश्न यथावत् छः प्रदीप ज्ञवाली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
pradip-gyanwali-uml-15-09.jpg

काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने वातावरण बन्न नसकेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले भगाइएका कैदी, लुटिएका हतियार र सुरक्षाकर्मीको कमजोर मनोबलाका कारण मुलुकमा भयरहित वातावरणमा कसरी निर्वाचन हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत रहेको बताएका हुन् ।

नेता ज्ञवालीले फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिए पनि विघटित प्रतिनिधि सभाका बहुमत सांसदहरूले विघटनविरुद्ध उठाएका प्रश्नको संवैधानिक तथा न्यायिक परीक्षण हुन पनि बाँकी रहेको अवस्था आएकाले निर्वाचन हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको जिकिर समेत गरे ।

उनले भने, ‘फागुन २१ का लागि निर्वाचनको मिति घोषणा गरिएको छ । र एकातिर प्रतिनिधि सभाका बहुसंख्यक सदस्यहरूले प्रतिनिधिसभा विघटनाका विरुद्ध उठाएका गम्भिर प्रश्नको संवैधानिक र न्यायिक परीक्षण हुन बाँकि नै छ । अर्कोतिर भगाइएका हजारौँ कैदी, लुटिएका सयौँ आधुनिक हतियार र सुरक्षाकर्मीहरूको कमजोर मनोबलका कारण सिर्जित सुरक्षा चुनौतिका बीचमा भयरहित निर्वाचन कसरी सम्भव हुन्छ ? भन्ने यक्ष प्रश्न यथावत नै छ ।’

एमाले नेता ज्ञवालीले पपुलिजमको आधारमा मुलुकलाई अघि बढाउन नसकिने पनि स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ