arrow

डेल्सी रोड्रिगेजले गरिन् डोनाल्ड ट्रम्पको दाबी अस्वीकार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २३ बुधबार
delcy-rodriguez-venezuela.jpg

काठमाडौँ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देश कुनै पनि विदेशी शक्तिद्वारा शासित नरहेको स्पष्ट पार्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई अस्वीकार गरेकी छन् ।

ट्रम्पले भेनेजुएलामा ‘पूर्ण पहुँच’ आवश्यक भएको टिप्पणी गरेपछि रोड्रिगेजको यो प्रतिक्रिया आएको हो ।

मङ्गलबार (स्थानीय समय) कृषि-खाद्य, माछा, सामुदायिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित एक सरकारी कार्यक्रममा उनले भनिन्, “हामी जनताको साथमा शासन गरिरहेका छौँ । भेनेजुएलाको सरकारले देश चलाउँछ, अरू कसैले होइन । भेनेजुएलालाई शासन गर्ने कुनै बाह्य एजेन्टहरू छैनन् ।”

उनको भनाइ राज्य सञ्चालित टेलिभिजन भेनेजोलाना डे टेलिभिजनमार्फत प्रसारण गरिएको थियो ।

उनले पदच्यूत राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसको रिहाइको माग गर्दै भइरहेको प्रदर्शनको पनि उल्लेख गरे ।

गत जनवरी ३ को बिहान काराकासमा भएको अमेरिकी सैन्य कारबाहीपछि मदुरो दम्पतीलाई संयुक्त राज्य अमेरिकाले हिरासतमा लिएको थियो । रोड्रिगेजका अनुसार त्यसपछि भेनेजुएलाली जनताले सडकमा उत्रिएर आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

यद्यपि, कार्यवाहक राष्ट्रपतिका रूपमा रोड्रिगेजको वैधानिकतामाथि विपक्षी पक्षले गम्भीर प्रश्न उठाइरहेका छन् ।

विपक्षी नेता तथा नोबेल पुरस्कार विजेता मारिया कोरिना मचाडोले उनीमाथि भ्रष्टाचारमा संलग्न भएको तथा रुस र इरानसँग निकट सम्बन्ध रहेको आरोप लगाएको छ।

एक अन्तरवार्तामा मचाडोले रोड्रिगेजलाई भेनेजुएलाको दमनकारी संयन्त्रसँग जोडिएको व्यक्तिका रूपमा चित्रित गरेको छ ।

यसबीच रोड्रिगेजले पछिल्ला घटनाक्रमका बाबजुद देश अझ बलियो बनेको दाबी गरे ।

“चुनौती, आक्रमण र खतराहरूको सामना गर्दै हामी आध्यात्मिक रूपमा अझ सबल भएका छौँ”, उनले भने ।

रोड्रिगेजको प्रतिक्रिया ट्रम्पले भेनेजुएलामा ‘सङ्क्रमण प्रक्रिया’ अमेरिकी अधिकारीहरूले निरीक्षण गर्ने घोषणा गरेको एक दिनपछि आएको हो ।

ट्रम्पले भेनेजुएलाका अन्तरिम अधिकारीहरू अमेरिकासँग सहकार्य गर्न तयार रहेको पनि दाबी गरेको थियो ।

हालैको अमेरिकी आक्रमणका क्रममा ज्यान गुमाउनेहरूको सम्मानमा रोड्रिगेजले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।

राज्य प्रसारकसँग कुरा गर्दै उनले देशको रक्षा गर्ने क्रममा ज्यान गुमाउने युवा पुरुष र महिलाको सम्मानमा शोक अवधि तोकिएको बताए ।

उनले हिरासतमा रहेका मादुरो र उनकी पत्नीलाई फिर्ता गर्न पनि आग्रह गरेको छ ।

दम्पती हाल न्यूयोर्कस्थित एक हिरासत केन्द्रमा छन् र सोमबार उनीहरूले लागूऔषध तथा हतियारसम्बन्धी अभियोगमा आफूहरू निर्दोष रहेको बताएको छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ