कांग्रेसको विशेष महाधिवेशन पार्टी विधानअनुसार अघि बढ्छः विश्वप्रकाश शर्मा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २५ शुक्रबार
711
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन् ।
महाधिवेशनस्थलको अवलोकनका लागि शुक्रबार भृकुटीमण्डपमा पुगेका महामन्त्री शर्माले सो दाबी गरेका हुने । उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताए ।
उनले पार्टीका कुनै पनि नेताहरूलाई अनादर गर्ने तथा उनीहरुप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले महाधिवेशनमा सहभागी हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताए ।
उनले भने, ‘हामी अहिले कसैका बारेमा पनि दकुनै टिप्पणी गर्दैनौँ । मात्रै प्रश्न के हो भने पार्टीको विधानमा व्यवस्था भएबमोजिम हुनेछ कि छै भन्ने मूल प्रश्न हो । त्यसैले यसमा पार्टी सभापति र कार्यवाहक सभापतिको पनि सहभागिताका लागि साथीहरूले आह्वान गर्नुभएको छ । अब विस्तारै सबैको साझा मञ्चको रुपमा विशेष महाधिवेशन जान्छ, जानुपर्छ भन्ने हाम्रो अपेक्षा छ ।’
उनले आइतबारदेखि शुरू हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रुपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।