देउवालाई गोपालमानले भने - विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गर्नुपर्छ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
834
Shares
काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् ।
पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडांँको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता श्रेष्ठले पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने भन्दै पार्टीको नेतृत्व युवा पुस्तालाई दिनुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको अरोपसमेत लगाए ।
उनले भने, ‘यहाँ कसैले हठ गरिराक्न हुँदैन । विधि र विधान अनुसार अघि बढन दिनुपर्छ । विधि र विधानअनुसार चल्नुपर्छ । विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’
नेता श्रेष्ठले मुलुकलाई जोगाउनका लागि एकतावद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।