arrow

चीन र अमेरिकाबीच नयाँ टकराव: इरानको स्थिरताका लागि बेइजिङको समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
china-usa_1617870008.jpg

 काठमाडौँ,। चीनले इरानको आन्तरिक स्थिरताप्रति आफ्नो बलियो समर्थन व्यक्त गर्दै संयुक्त राज्य अमेरिकाद्वारा लगाइएको नयाँ कर तथा प्रतिबन्धहरूको तीखो आलोचना गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीन सधैँ अन्य देशको आन्तरिक मामिलामा हुने हस्तक्षेपको विरुद्धमा रहेको र अन्तर्राष्ट्रिय सम्बन्धमा बल प्रयोग वा धम्कीलाई अस्वीकार गर्ने स्पष्ट पारे ।

विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने मुलुकहरूलाई लक्षित गरी घोषणा गरेको कर नीतिको सन्दर्भमा चीनले "कर युद्धमा कोही पनि विजेता नहुने" भन्दै आफ्ना वैध र कानुनी अधिकारको दृढतापूर्वक रक्षा गर्ने चेतावनी समेत दिएको छ।

यसैबीच, इरानले संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा हिंसा भड्काउन खोजेको र सैन्य कारबाहीको धम्की दिएको भन्दै संयुक्त राष्ट्र सङ्घ र सुरक्षा परिषद्मा औपचारिक उजुरी दर्ता गराएको छ। संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूत अमिर सइद इरवानीले पठाएको पत्रमा इरानमा भइरहेका प्रदर्शनहरूबारे अमेरिकी राष्ट्रपतिको टिप्पणीले अशान्तिलाई प्रोत्साहन गरेको र राज्यका संस्थाहरू कब्जा गर्ने प्रयासलाई बाह्य समर्थन मिलेको आरोप लगाइएको छ ।

। इरानले यी कदमहरूलाई आफ्नो सार्वभौमिकता र राष्ट्रिय सुरक्षा विरुद्धको गम्भीर खतराका रूपमा चित्रण गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिमा समेत असर पार्ने दाबी गरेको छ।

इरानी अधिकारीहरूका अनुसार अमेरिकाले पछिल्लो समय प्रतिबन्ध, आर्थिक दबाब र राजनीतिक हस्तक्षेपमार्फत इरानलाई कमजोर बनाउने दीर्घकालीन रणनीति अख्तियार गरेको छ।

वासिङ्टनबाट बारम्बार आइरहेका बल प्रयोगका धम्कीहरू अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित रहेको तर्क इरानले अघि सारेको छ। यस कूटनीतिक द्वन्द्वले गर्दा चीन, इरान र अमेरिकाबीचको सम्बन्ध थप तनावपूर्ण बन्ने र यसको प्रभाव वैश्विक व्यापार तथा सुरक्षामा समेत देखिने सम्भावना बढेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ