ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २ शुक्रबार
683
Shares
काठमाडौँ। ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योग (MSMEs) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार, माघ २, २०८२ मा ५०औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।
सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ सेवा विस्तारसँगै डिजिटल कारोबार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढिरहेको छ। देशभर शाखा सञ्जाल विस्तार गरेको बैंकले मोबाइल र इन्टरनेट बैंकिङ सेवामार्फत ग्राहकलाई सहज सेवा प्रदान गरिरहेको जनाएको छ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण तथा वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ।
साथै, सुरक्षित र आधुनिक बैंकिङ प्रणालीमार्फत ग्राहकको विश्वास जित्दै नेपालको अग्रणी वाणिज्य बैंकको रूपमा आफ्नो उपस्थिति मजबुत बनाइरहेको बैंकले दाबी गरेको छ ।