arrow

बैतडीका उच्च भेगमा भारी हिमपात: जनजीवन प्रभावित, खेतीलाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
baitadi-himpat.jpg

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण बैतडी र बागलुङका उच्च पहाडी क्षेत्रहरूमा आज बिहानैदेखि भारी हिमपात भएको छ। बैतडीका सिगास, खोडपे, अनारखोली र ढोल्यामोड लगायतका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन्।

हिमपातका कारण अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ। यद्यपि, लामो समयपछिको हिमपातले गहुँलगायतका हिउँदे बाली सप्रिने आशामा किसानहरू उत्साहित देखिएका छन्। स्थानीय राजबहादुर टेरका अनुसार यो हिउँ हिउँदे खेतीका लागि 'अमृत' समान हुनेछ।

यता, बागलुङको प्रसिद्ध पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रमा पनि गएरातिदेखि नै बाक्लो हिमपात भएको छ। ढोरपाटनसँगै निसीखोलाको रिग, पातीहाल्ने, खानीखोला र निसेलढोर लगायतका स्थानहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्।

अत्यधिक चिसोले गर्दा धारामा पानी जमेको छ भने स्थानीयलाई हिँडडुल गर्न र दैनिक कामकाजमा कठिनाइ भइरहेको छ। तर, किसानहरूले भने यो हिमपातलाई बालीनालीका लागि सुखद सङ्केतका रूपमा लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ