arrow

कर्णाली र सुदूरपश्चिमका लेक सेताम्मे, कागबेनी-कोरला सडक दुई फिट हिउँले ढाकियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
himpat-bajura.jpg

काठमाडौँ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातले मुस्ताङसहित कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लाहरूको जनजीवन प्रभावित भएको छ। मुस्ताङका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् भने कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ।

हिमपातले कष्टकर बनाए पनि मुस्ताङका स्याउ र हिउँदे बाली लगाउने किसानहरूमा भने खुसी छाएको छ। घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीका अनुसार यो हिमपातले स्याउ, उवा, फापर र आलु बालीलाई निकै फाइदा पुर्‍याउनेछ।

यता कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ। हुम्लाका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहितका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण हुम्लाको हवाई सेवा ठप्प भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा जोड्ने सडकहरू बन्द भएका छन्।

बाजुराका बडीमालिका, बुढीनन्दा र खप्तड छेडेदह लगायतका उच्च भेगमा पनि बाक्लो हिउँ परेको छ। भारी हिमपातका कारण विकट गाउँहरूको जनजीवन कष्टकर बने पनि कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले वर्षा र हिमपातले गहुँ बाली सप्रन मद्दत गर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ