arrow

मतदातालाई केसीको अपील -"चोटिला कुरा गर्नेको लहलहैमा लागेर फेरि गल्ती नगरौँ"

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १४ बुधबार
chitra-bahadur-kc-new.jpg

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनको समयमा भ्रम फैलाउनेहरूबाट सचेत रहन आम मतदातालाई आह्वान गरेका छन्। नयाँका नाममा नक्कली कुरा गर्ने र जनतालाई दिग्भ्रमित पार्ने तत्वहरू सलबलाइरहेको उल्लेख गर्दै उनले उनीहरूलाई चिन्न र सही ढंगले मतदान गर्न आग्रह गरेका हुन्।

बुधबार बुटवलमा पार्टीको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै केसीले मुलुकको अस्तित्व जोगाउन सबै देशभक्त शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। विगतमा मिठा र चोटिला कुरा गर्नेहरूको लहलहैमा लागेर गलत मान्छेलाई सांसद बनाउने गल्ती भएको स्वीकार्दै उनले यसपटक त्यस्तो गल्ती नदोहोर्याउन मतदातालाई सचेत गराए।

उनले भने, “अहिले राष्ट्र कुन मोडमा उभिएको छ भन्ने कुरामा जनता सजग हुन जरुरी छ। नयाँ रूप र शैलीमा आएर भ्रम छर्नेहरूबाट सतर्क रहनुपर्छ। राष्ट्रको अस्तित्व जोगाउन हामी एक ढिक्का हुनुपर्छ। विगतमा हामीले गल्ती गर्यौं, जसले कृत्रिम र नक्कली कुरा गर्छ, उसैलाई भोट हाल्यौं। अब त्यस्तो नगरौं।”

साथै, अध्यक्ष केसीले वर्तमान सरकार गैरसरकारी संस्थाहरूको आडमा बनेको जिकिर गर्दै यस्तो सरकारबाट देश र जनताको हितमा काम हुने अपेक्षा गर्न नसकिने दाबी समेत गरेका छन्। उनले यथार्थ बुझेर मात्र आफ्नो अमूल्य मत प्रयोग गर्न नेपाली जनतालाई अपील गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ