पाल्पा निर्वाचन सुरक्षा: २९ मतदानस्थल 'अति संवेदनशील' सूचीमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
693
Shares
काठमाडौं । जिल्ला सुरक्षा समितिले पाल्पाका २९ वटा मतदानस्थललाई ‘अति संवेदनशील’ को सूचीमा राखेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै समितिले यस्तो वर्गीकरण गरेको हो।
प्रमुख जिल्ला अधिकारी विनु कुँवरका अनुसार क्षेत्र नं १ मा २० र क्षेत्र नं २ मा ९ वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ। पाल्पामा यसपटक कूल ११८ मतदानस्थल र २५१ मतदान केन्द्रहरू निर्धारण गरिएको छ।
जिल्लामा कूल २ लाख ७ हजार ४३६ मतदाता रहेका छन्। जसमध्ये क्षेत्र नं १ मा ९८ हजार ३८३ र क्षेत्र नं २ मा १ लाख ९ हजार ५३ मतदाता छन्। कूल मतदाता संख्यामा पुरुषको तुलनामा महिलाको संख्या ३ हजार ६५० ले बढी देखिएको छ। अघिल्लो निर्वाचनको तुलनामा यसपटक पाल्पामा ६ हजार ११० जना नयाँ मतदाता थपिएका छन्।