arrow

शैलुङमा वर्षकै पहिलो हिमपात: डाँडाकाँडा सेताम्मे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
sailung-himpat.jpg

काठमाडौं । रामेछापको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा हिजोदेखि हिउँ पर्न थालेको छ। यो यस वर्षकै पहिलो हिमपात हो। हिउँले गर्दा शैलुङ क्षेत्रका डडुवा र गौश्वारा लगायतका गाउँ तथा डाँडाहरू सेताम्मे देखिएका छन्।

हिउँ परेसँगै शैलुङ निकै रमणीय बनेको छ। स्थानीय दावासाङ्बु शेर्पाका अनुसार शैलुङको खोलाखर्क र बागढुङ्गा लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ। हिउँ देखेपछि स्थानीय किसानहरू पनि खुसी भएका छन्। हिउँले माटोलाई उर्वर बनाउने र खेतबारीमा चिस्यान पुग्ने भएकाले उत्पादन बढ्ने उनीहरूको विश्वास छ। "हिउँले माटोको उर्वराशक्ति बढाउँछ र बालीमा लाग्ने कीरा तथा रोगहरू पनि कम हुन्छ," शेर्पाले भने।

शैलुङ क्षेत्रको मुख्य उत्पादन आलु र तरकारी हो। हिउँ परेपछि यसपालि आलु उत्पादन बढ्ने आशामा किसानहरू छन्। हिमपातसँगै शैलुङमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्या पनि बढ्ने अपेक्षा गरिएको छ। पछिल्लो समय शैलुङ काठमाडौं र आसपासका क्षेत्रका मानिसहरूका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ