arrow

मध्यपहाडी लोकमार्ग अझै अवरुद्ध: तीन किलोमिटर सडकमा जमेको हिउँ पन्छाउन सकस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १५ बिहिबार
himpat-madhyapahadi-marga-82-10-14.jpg

काठमाडौं । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन। बुधबार दिनभरि हिमपात भएपछि सडकको हिउँ पन्छ्याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

बुधबार सडकमा फसेका करिब तीन सय यात्रुलाई उद्धार गरिएको थियो। आज पनि बिहानैदेखि सडकमा जमेको हिउँ पन्छाउन थालिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशङ्कर प्रसाद यादवले बताए। रुकुम पूर्वतर्फको तीन किलोमिटर सडकमा परेको हिउँ अहिले पन्छ्याउने काम भइरहेको उनले जानकारी दिए।

बागलुङले पनि आफ्नो क्षेत्रमा परेको हिउँ पन्छाएर सकिएमा मात्र सडक पूर्ण रूपमा सञ्चालन हुने डिएसपी यादवले बताए। काठमाडौंबाट रुकुम पूर्वसहित रुकुम पश्चिम र डोल्पाका लागि छुटेका बसहरू हिमपातका कारण पातिहाल्नामा फसेका थिए। त्यहाँ फसेका यात्रुलाई बुधबार उद्धार गरेर रुकुम पूर्व ल्याइएको थियो भने कतिपयलाई बागलुङको बुर्तिबाङतर्फ लगिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ