arrow

निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २७ मंगलबार
bangaladesh-flag.jpg

काठमाडौँ। बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू तथा राजनीतिक उम्मेद्वारहरूले मतदान तालिका, अभियान गतिविधिलगायतका प्रमुख घटनाक्रमहरूले तीव्रता पाएको जनाइएका छन् ।

बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचनासम्बन्धी चिन्तालाई सम्बोधन गरेका छन् ।

अख्तर अहमदलाई उदृत गर्दै एएनआइले अगामी फेब्रुअरी १२ तारिखको बिहान ७:३० देखि मतदान शुरू गर्ने तयारी भइसकेको जनाएको छ ।

सुरक्षासम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भने - मेरो बुझाइमा त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन, सबै कुरा व्यवस्थित छ ।

उनले गलत सूचनासँग सम्बन्धित चिन्ताहरूलाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउँदै यो डर नभई चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

मतदानको मिति नजिकिँदै जाँदा उम्मेद्वारहरूले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधनलगायतका प्रयासहरू तीव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ ।

बङ्गलादेशको निर्वाचन कानूनअन्तर्गत मतदान शुरू हुनु भन्दा ४८ घण्टाअघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ ।

मतदान फेब्रुअरी १२ बिहान ७.३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी १० को साँझ ७:३० बजे समाप्त हुने जनाइएको छ।

चुनाव प्रचारको अन्तिम समयमा ढाका १३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेद्वार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गरेका छन् ।

बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोहपछि व्यापक राजनीतिक अस्थिरताकोे बीचमा हाल संसदीय चुनाव हुन गइरहेको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ