arrow

गरिमा म्युचूअल फण्ड अन्तर्गत  “गरिमा सुवर्ण योजना” निष्कासन गर्न धितो पत्र बोर्डबाट स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २९ बिहिबार
garima-bikash-bank-new-logo-jan-2026.jpg

काठमाडौँ। गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैङ्क लिमिटेड कोष प्रवर्द्धक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुला मुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ।

नेपाल धितो पत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैङ्क कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुला मुखी योजना हो। प्रारम्भिक रूपमा रु.५० करोड रकम बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्कासन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन्।

गरिमा विकास बैङ्क लिमिटेड कोष प्रवर्द्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यस पूर्व सार्वजनिक निष्कासन गरिएको रु.१ अर्ब २५ करोड रकम बराबरको बन्द मुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ