arrow

बलिउड फर्कदै मनिषा कोइराला

logo
प्रकाशित २०७३ फागुन ९ सोमबार
manisha-koirala.jpeg
एजेन्सी । अभिनेत्री मनीषा कोइराला पुन: बलिउड फर्कने भएकी छन् । मनीषा कोइराला  संजय दत्तको जीवनीमा आधारित चलचित्र 'दत्त' मा देखिने भएकी हुन् । उनि चलचित्रमा नरगिस दत्तको भूमिकामा देखिने छिन् । चलचित्रमा रणविर कपुर संजय दत्तको भुमिकामा रहेका छन् । मनीषा अलवा चलचित्रमा सोनम कपुर, अनुष्का शर्मा, दिया मिर्जा, परेश रावल मुख्य भुमिकामा रहेका छन् । चलचित्र निर्देशन राजकुमार हिरानीले गरेका छन् । चलचित्र २२ डिसेम्बरमा रिलिज हुनेछ ।    
 
साथै पर्दामा रमांको भुमिकामा देखिने मनिषा वास्तविक जीवनमा पनि आमा बन्ने तयारीमा रहेकी छन् । मनीषा एउटा  बच्चलाई काखमा  लिन चहाकी छन् । यदि सबै ठीकै भएमा १२ महिना भित्र उनको काखमा एउटा छोरी हुने जनाइएको छ ।
 
 भारतिय सञ्चारमाध्यमलाई दिएको अन्तर्वातामा मनिषाले भनिन् , 'यस डिसेम्बरमा क्यान्सरबाट मैले पुरै छुटकारा पाएको ५ बर्ष पुरा हुनेछ। यदि सबै ठिक भए म एउटा छोरीलाई काखमा लिन तयार छु । म आशा गर्छु कि सबै पहिलेको जस्तै  राम्रो हुनेछ । म चहान्छु मेरो सन्तानहरु हुन र जीवनको योजना बनाउ। म आफ्नो जीवनको नयाँ पन्नाको लागि उत्साहित छु र यसको सुरुवातको लागि अब पर्खि बस्न गाह्रो छ ।' मनीषा दुई बर्ष देखि सो योजना सफल बनाउन लागि परेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ