arrow

ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १ शुक्रबार
sunita-dangol-10-14.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी नगर प्रमुख सुनिता डंगोलले ज्येष्ठ नागरिक लक्षित सेवा प्रभावकारी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिएकी छन् ।

शुक्रबार सम्पन्न ४७औँ नगर कार्यपालिका बैठकमा उनले वृद्धभत्ता वितरणसँगै ज्येष्ठ नागरिकलाई घर-घरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई थप व्यवस्थित ढंगले अघि बढाउन सकिने बताइन् ।

उनले भनिन्, वृद्धभत्ताको कुरा गर्दा हामीले अहिले ७० वर्ष र सोभन्दा माथिका आमाबुबालाई घर-घरमै आधारभूत स्वास्थ्य सेवा शुरू गरेका छौँ। यही क्रममा यो कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै अगाडि बढाउन सकिन्छ ।’

उनका अनुसार महानगरका विभिन्न वडाहरूले घरमै पुगेर सेवा दिने अभ्यास शुरू गरिसकेका छन्।

जो वडासम्म आउन सक्नुहुन्न, उहाँहरूका लागि घर-घरमै सेवा दिने काम थुप्रै वडाले गरिरहेका छन्। उदाहरणका लागि, १७ ओटा वडाले यो सेवा अघि बढाइसकेका छन् - उनले उल्लेख गरिन्।

डंगोलले बाँकी वडालाई पनि आफ्नो टिम र सरोकारवालासँग छलफल गरेर यस्तो सेवा विस्तार गर्न आग्रह गरिन्।

ज्येष्ठ नागरिकलाई सहज, सम्मानजनक र पहुँचयुक्त सेवा उपलब्ध गराउने लक्ष्यसहित महानगरले कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ