arrow

भवन अनुगमनमा महानगरको टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ५ मंगलबार
sunita-dangol-05-11.jpg

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालु योजनाहरूको अनुगमन कार्यअन्तर्गत तीन ओटा भवनको अनुगमन गरेको छ ।

मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमी सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटीकै कर्म रोङ विकास समाजको भवनको अनुगमन गरेका हुन् ।

अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नका लागि यस्ता पूर्वाधारहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले भनिन्,‘यस्ता भवनहरू भनेको आफ्नो आस्थालाई दर्शाउने ठाउँ पनि हो। आफ्नो गाउँठाउँ र आफ्नो रहनसहन संरक्षण गर्नका लागि यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय वासिन्दाले पनि बारम्बार घच्घच्याइरहनु हुन्छ । बजेट पुगेन भन्नुहुन्छ, माग गर्नुहुन्छ । त्यसले हामीलाई थप जिम्मेवार बनाउन मद्दत पुगेको छ ।’

आवश्यक परेको खण्डमा अस्थायी संचना बनाउने कुरामा पनि आफूहरू सकारात्मक रहेको धारणा राखिन् ।

यस्ता किसिमको भवन निर्माणको काममा महानगर निरन्तर लागिरहने प्रतिबद्धता उनले जनाइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ