मुम्बई । बलिउडका टाइगर सलमान खानका बुबा एवम् दिग्गज लेखक सलीम खान गम्भीर बिमार भएका छन् । उनलाई भेन्टिलेटरमा राखिएको छ ।
मंगलवार बिहान उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ ।
फिल्मफेयरको रिपोर्ट अनुसार सलीम खानलाई चिन्ता र उच्च रक्तचापको गुनासो गरेपछि अस्पताल ल्याइएको थियो। पछि मस्तिष्कमा रगत जमेको र रक्तस्राव भएको पत्ता लाग्यो।
यद्यपि उनको अस्पताल भर्ना हुनुको कारण खुलाइएको छैन। परिवारको अनुमतिपछि आज मेडिकल बुलेटिन जारी गरिनेछ।