arrow

यस्तो छ तारिक रहमानको एक सय ८० दिनको योजनाको रूपरेखा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
tarique-rahman-bangaladesh.jpg

काठमाडौँ । बङ्गलादेशका नव निर्वाचित प्रधानमन्त्री तारिक रहमानले आफ्नो सरकारको एक सय ८० दिनको प्राथमिकता योजनाको रूपरेखा प्रस्तुत गरेका छन् ।

योजनामा उनले चार ओटा प्रमुख क्षेत्रमा ध्यान केन्द्रित गरेका छन् । पहिलो प्राथमिकतामा कानून र व्यवस्थाको स्थिति सुधार गर्ने लक्ष्य रहेको छ भने दोस्रो, आवश्यक वस्तुहरूको मूल्य नियन्त्रण गर्ने योजना छ ।

तेस्रोमा निर्बाध बिजुली र ग्यास आपूर्ति सुनिश्चित गर्नुका साथै जीवन–यापनको लागत घटाउन जोड दिएएका छन् ।

चौथोमा सार्वजनिक यातायात, विशेष गरी रेलवे प्रणालीमा सुधार गर्ने उनले बताएका छन् । यसबाहेक, उनले भ्रष्टाचार विरुद्ध लड्नका लागि कडा प्रयासहरूको निर्देश गरेका छन् ।

मङ्गलबार देशको प्रधानमन्त्रीको रूपमा शपथ लिएका रहमानले प्रत्येक मन्त्रालयलाई एकसय ८० दिन भित्र आफ्नै योजना बनाउन र कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

यसअघि बङ्गलादेशमा नयाँ सरकारले पदभार ग्रहण गरे पछि एक सय दिनको प्राथमिकता प्याकेज घोषणा गर्ने गर्थे । यद्यपि, रहमानले यसलाई तोड्दै एक सय ८० दिनको अवधि तथ गरेका छन् ।

“अपराध उन्मूलन र भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरेर जनताको मनमा शान्ति र सुरक्षा पुनस्र्थापना गर्नु सरकारको एजेन्डाको प्राथमिक केन्द्रबिन्दु भएको रहमानले बताएका छन् ।

मन्त्रीहरूले शपथ लिएपछि यस्ता विषयमा कुरा गर्न थालेका छन् भने गृहमन्त्री सालाउद्दिन अहमदले पत्रकारहरूलाई बङ्गलादेशमा आगामी दिनमा भिडभाड हिंसा नहुने घोषणा गरेका छन् ।

उनले लागूऔषध नियन्त्रण र अन्य आवश्यक उपाय सहित देशको अवस्थालाई कडाइका साथ नियन्त्रण गरिएको पनि घोषणा गरे।

विदेश नीतिका विषयमा विदेश मन्त्री कलिलुर रहमानले बङ्गलादेशको नयाँ विदेश नीति “बङ्गलादेश पहिलो हुने बताएका छन् ।

उनले बङ्गलादेशको हितलाई प्राथमिकता दिँदै सबै देशहरूसँग मैत्रीपूर्ण सम्बन्ध निर्माण गर्ने र, स्वर्गीय राष्ट्रपति जियाउर रहमानको विदेश नीति जस्तै मार्गमा अगाडि बढ्ने बताएका छन् ।

पवित्र रमजानको अवसरमा नागरिकहरूलाई शुभकामना दिँदै रहमानले सामानको मूल्य आम जनताको पहुँच भन्दा बाहिर नजानका लागि व्यापारीहरूलाई सतर्क रहन आग्रह गरेका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ