कांग्रेसका बागी उम्मेदवार र सघाउनेविरुद्ध परेका उजुरीमाथि अनुशासन समितिमा छलफल
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ८ शुक्रबार
2.8k
Shares
तस्बिर : फाइल
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बसेको छ । संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी ।स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको हो ।
बैठकमा कपिलवस्तुलगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक–समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा छलफल भएको पार्टीले जनाएको छ ।
बैठकले नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि— २०८२ लाई पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।