-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौंँ । नेपाली कांग्रेसले चुनावी तयारीबारे जानकारी दिने भएको छ । कांग्रेसले पत्रकार सम्मेलन गरी चुनावी तयारीबारे जानकारी दिन लागेको बताएको हो ।
कार्यक्रम बिहीबार अपरान्ह ४ बजे पार्टी कार्यालय बीपीनगर सानेपामा हुने केन्द्रीय प्रचारप्रसार समितिले जनाएको छ ।
अबको एक सातामा मतदान हुँदै गर्दा सोमबार मध्यरातसम्ममात्र प्रचारप्रसार गर्न पाइने छ ।
पार्टी सभापति गगनकुमार थापाले मधेसको प्रचारप्रसारलाई रोकेर अन्य प्रदेशको आमसभामा सम्बोधन गर्ने भएका छन् ।
बिहीबार उनले सुर्खेत र नेपालगञ्जमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।