arrow

काठमाडौँ उपत्यकामा आज कांग्रेसका छ ओटा चुनावी सभा, सभापति थापा र उपसभापति शर्माको सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १७ आइतबार
congress-flag3.jpg

काठमाडौँ । नेपाली कांग्रेसले आज आइतबार काठमाडौँ उपत्यकामा ६ ओटा चुनावी सभा गर्दैछ । चुनावी सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे काठमाडौँ १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । काठमाडौँ क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ । 

दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने तालिका रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ । भक्तपुर २ मा कांग्रेसले अग्रज पत्रकार कबिर राणालाई चुनावी मैदानमा उतारेको छ । 

युवा नेता कबिर शर्मालाई उम्मेदवार बनाएको काठमाडौँ निर्वाचन क्षेत्र नं २ को पेप्सीकोला टाउनप्लानिङमा हुने चुनावी सभामा पनि उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् । 

युवा नेता प्रमोदहरि गुरागाईँ उम्मेदवार रहेको काठमाडौं निर्वाचन क्षेत्र नं ७ को बालाजु चोकमा दिउँसो ३ बजे हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने तालिका रहेको छ ।  

दिउँसो ३ः३० बजे काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सामाखुशी चोकमा हुनेछ । काठमाडौँ ५ मा महामन्त्री प्रदीप पौडेल र काठमाडौँ ६ मा जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन् । संयुक्त सभालाई पार्टी सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् । 

यस्तै अपरान्ह ४ बजे काठमाडौँ क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने कांग्रेसको चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ । काठमाडौँ ४ मा कांग्रेसले चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ