धादिङ १ मा आशिकाको अग्रता कायमै, क्षेत्र नं २ मा अझै शुरु भएन गणना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
999
Shares
काठमाडौँ। धादिङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रतालाई बलियो बनाउँदै लगेको छ। निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै पछि पारेकी छन्।
अहिलेको ताजा परिणामअनुसार रास्वपाकी आशिका तामाङले ४ हजार ३१७ मत प्राप्त गरेकी छन्। उनलाई पछ्याइरहेका नेकपा (एमाले) का भूमि त्रिपाठीले २ हजार ९४ मत पाएका छन्। यस्तै, नेपाली कांग्रेसका कृष्ण रिजालले १ हजार १८६ र नेकपाका राजेन्द्र पाण्डेले १ हजार १२४ मत प्राप्त गरेका छन्।
यता, धादिङ निर्वाचन क्षेत्र नम्बर २ को मतगणना भने अझै सुरु हुन सकेको छैन। सहायक निर्वाचन अधिकृत राजेन्द्र लुइँटेलले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा नेपाली कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू उपस्थित नभएपछि गणना प्रक्रिया अगाडि बढ्न नसकेको हो। निर्वाचन कार्यालयले सबै दलका प्रतिनिधिहरूलाई बोलाएर चाँडै गणना सुरु गर्ने प्रयास गरिरहेको छ।