arrow

गोरखा २ मा कविन्द्र बुर्लाकोटीको अग्रता कायमै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
kabindra-burlakoti-.jpg

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनाअनुसार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कविन्द्र बुर्लाकोटीले आफ्नो अग्रतालाई कायमै राखेका छन्। 

निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेका अनुसार हालसम्म १ हजार ३४० मत गणना हुँदा रास्वपाका उम्मेदवार बुर्लाकोटीले ७९१ मत प्राप्त गरी अग्रस्थान लिएका हुन्।

उनलाई नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ न्यौपानेले २२१ मतका साथ पछ्याइरहेका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दुवाडीले १३७ मत पाएका छन् भने नेकपा (एमाले) का मिलन गुरुङ ७९ मतमा सीमित छन्। 

अघिल्लो निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जितेको यस क्षेत्रमा यसपटक सुरुवाती गणनामै रास्वपाले फराकिलो मतान्तर बनाएको छ। अहिले गोरखामा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ