arrow

बाँके १ मा रास्वपाका सुरेश विजयी

नारायण गौडेल र सूर्य ढकाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
suresh-kumar-chaudarys.jpg

काठमाडौँ । बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृत सरोजनधि वाग्लेका अनुसार बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाममा चौधरीले भारी मतान्तरले जित हासिल गरेका हुन्।

चौधरीले कुल ३२ हजार ७९२ मत प्राप्त गरी विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण गौडेलले १५ हजार ३०१ मत मात्र पाएका छन्। चौधरी र गौडेलबीचको मतान्तर १७ हजार ४९१ रहेको छ।

यसैगरी, नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले ११ हजार १५ मत प्राप्त गरेका छन्। एमाले र कांग्रेसका प्रभावशाली उम्मेदवारहरूलाई निकै पछि पार्दै रास्वपाका चौधरीले बाँकेमा 'घण्टी' को बर्चस्व कायम गरेका छन्। अहिले निर्वाचित चौधरीका समर्थकहरूले बाँकेका विभिन्न स्थानमा विजयी र्‍याली निकाल्ने तयारी गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ