arrow

पर्सा १ मा रास्वपाका बुद्धिप्रसाद पन्त निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
buddhi-panta.jpg

काठमाडौँ । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार पन्तले २७ हजार २७४ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार प्रदीप यादवलाई १४ हजार २४४ को भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभाको यात्रा तय गरेका हुन्। एमालेका यादवले १३ हजार ३० मत मात्र पाएका छन्।

यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रुँगटाले ११ हजार ८८५ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेशप्रसाद यादव १ हजार २०१ मतमा सीमित भएका छन्। विजयी उम्मेदवार पन्तले नेपाली जनताले परिवर्तन चाहेकाले नै आफ्नो जित सम्भव भएको बताएका छन्। 

पर्सा १ मा कुल ८९ हजार ६३८ मतदाता रहेकामा ६१ हजार २४७ (६८.३२ प्रतिशत) मत खसेको थियो। यहाँ दलीय र स्वतन्त्र गरी ३० जना उम्मेदवार चुनावी मैदानमा थिए। मधेसको मुख्य व्यापारिक सहर वीरगञ्ज समेटिएको यस क्षेत्रमा रास्वपाको यो जितलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ