arrow

पाल्पामा कांग्रेसको पुनरागमन: १८ हजार बढी मतसहित सन्दीप निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
sandip-rana.jpg

काठमाडौँ । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यलाई कडा प्रतिस्पर्धाका बीच पराजित गरेका हुन्। रानाले १८ हजार ३३६ मत प्राप्त गरी जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८१९ मत प्राप्त गरेका छन्। राना र आचार्यबीचको मतान्तर १ हजार ५१७ रहेको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विमल पन्तले १४ हजार ३३३ मत पाएका छन्। पाल्पाको यो क्षेत्रमा त्रिपक्षीय भिडन्त देखिए पनि अन्तिममा कांग्रेसका रानाले बाजी मारेका छन्। यो जितसँगै पाल्पा १ मा कांग्रेसले लामो समयपछिको विरासत फर्काएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ