arrow

सर्लाही ४ मा अमरेशकुमार सिंह निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
amreshkumar-singh-81-3-5.jpg

काठमाडौँ । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार सिंहले ३५ हजार ६८८ मत प्राप्त गरी ऐतिहासिक जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी एवं नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापालाई १२ हजार ८५० को फराकिलो मतान्तरले पराजित गरेका छन्।

कांग्रेस उम्मेदवार गगनकुमार थापाले २२ हजार ८३८ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा मतगणनाको सुरुदेखि नै अमरेशकुमार सिंहले अग्रता कायम राखेका थिए। यस्तै, नेकपा (एमाले) का उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३४३ मत पाएका छन् भने जनमत पार्टीका राकेश मिश्राले १ हजार ५७२ र नेपाली कम्युनिस्ट पार्टीका रजनिश राय यादवले १ हजार ४०१ मत प्राप्त गरेका छन्।

निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेका अनुसार यस क्षेत्रमा कुल १ लाख २१ हजार १२ मतदाता रहेकामा ७७ हजार ९३१ मत खसेको थियो। सर्लाही ४ को यो नतिजाले राष्ट्रिय राजनीतिमा ठूलो तरंग पैदा गरेको छ। आफ्नै पुरानो क्षेत्रमा स्वतन्त्रबाट रास्वपा प्रवेश गरेका अमरेशले कांग्रेसका 'स्टार' नेता गगन थापालाई रोकेर आफ्नो बलियो पकड प्रमाणित गरेका छन्। अहिले सर्लाहीका विभिन्न क्षेत्रमा रास्वपाका समर्थकहरूले भव्य विजय जुलुस निकालिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ