जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
1k
Shares
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।
कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो । प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए ।
सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो ।
असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो । त्यसपछि पटक पटक गरी समय थप गरिएको थियो ।
सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेको यो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरे पनि निर्वाचनमा सुरक्षा जोखिम हुनसक्ने सरकारको आँकलनका कारण म्याद थप गरिएको थियो।
पछिल्लो पटक थपिएको म्याद आजै सकिन लागेकाले आजै सरकारलाई प्रतिवेदन बुझाइएको हो । यो प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिको वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ।