arrow

कांग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
bishwaprakash-sharma-82-11-24rrr.jpg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताएका छन् । 

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिए । उनले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे । 

विगतमा मुलुकले व्यहोरेका अनेकौँ प्रतिकूलतालाई चिर्न सफल कांग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उनले विश्वास व्यक्त गरे । 

उनले भने, ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि एक्यवद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ । अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिनेछ, कमजोरीहरूमा खबरदारी गर्नेछ र नेपाली काँग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ ।’

आगामी दिनमा कांग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पारे । अब कांग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ