एक दिन पनि टिकेन नेप्सेमा रास्वपाको बहुमत खुशी, ३२ अङ्कको गिरावट
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २६ मंगलबार
693
Shares
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ। आज नेप्से परिसूचक ३२.०८ अङ्क (१.११ प्रतिशत) ले घटेर २,८४३.३५ को विन्दुमा पुगेर थामिएको छ।
परिसूचक घटे पनि बजारमा कारोबार रकम भने अर्बौँको भएको छ। नेप्सेका अनुसार आज ३२९ कम्पनीका ५ करोड २७ लाख ११ हजार ३५३ कित्ता सेयर २ करोड ५ लाख ६११ पटक खरिद-बिक्री हुँदा कुल २१ अर्ब ५० करोड २० लाख ३१ हजार ३२० रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको बजारमा जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहमा झिनो सुधार देखिए पनि अन्य सबै उपसूचकहरू राताम्मे भएका छन्। व्यापार समूहमा सबैभन्दा बढी २.१२ प्रतिशतको गिरावट आएको छ भने वित्त समूह २.०६ प्रतिशत र होटल तथा पर्यटन समूह १.८५ प्रतिशतले घटेका छन्। बैंकिङ, विकास बैंक, जलविद्युत् र उत्पादनमूलक क्षेत्रमा पनि १ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ।
सोमबार नेप्सेले राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतलाई भव्यताका साथ समर्थन गरेको भए पनि दोस्रो दिन गएको पहिरोले खुशी एक दिन पनि नटिकेको स्पष्टै पारेको छ ।
उत्कृष्ट र कमजोर प्रदर्शन गर्ने कम्पनीहरू:
आजको ओरालो लागेको बजारमा पनि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कातर्फ, हिमस्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ६.३६ प्रतिशत गुमाएका छन्।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रहेको छ। यस कम्पनीको १ अर्ब ९ करोड ७३ लाख ५५ हजार १५७ रुपैयाँ बराबरको २४ लाख ९ हजार ९८९ कित्ता सेयर किनबेच भएको छ।