arrow

झापामा पार्टीहितविरुद्ध लाग्ने पाँच कांग्रेसी निष्काशित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
congress-party-office-1.jpg.jpeg

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा पाँच जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनको प्रक्रिया अघि बढाएको छ ।

जिल्ला कार्यसमिति सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

जिल्ला कार्यसमिति झापाको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन-२०८२ मा पार्टीले उठाएको उम्मेदवारको विरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेद्वारको पक्षमा प्रचार–प्रसार गरेको निष्कर्ष निकालेको थियो ।

सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गर्न सिफारिस गरिएको हो ।

उक्त निर्णयबारे जानकारी दिँदै नेपाली काङ्ग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको बताए।

साथै कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति मा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रहसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ