एरेना राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
947
Shares
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त भएका छन् । उनलाई बिहीबार अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र प्रदान गरे ।
स्वीटजरल्याण्डका एरेनाको पहिलो काम आगामी मार्च २६ मा काठमाडौँको दशरथ रंगशालामा हुने हङकङ विरुद्धको नेपालको खेल हुनेछ ।