अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने कांग्रेसको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २९ शुक्रबार
2.7k
Shares
काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको अनुशासन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ को उपदफा (१.१)बमोजिम केन्द्रीय कार्यालयका सहसचिव दिनेश थापामगरलाई समितिको सचिवमा नियुक्त गर्ने निर्णयसमेत गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
हालै सम्पन्न प्रतिनिधि सभाको चुनावमा धेरै नै अनुशासन उल्लङ्घन भएको दाबीसहित थुप्रै उजुरी परेका छन् ।