arrow

ग्लोबल मनि विकको अवसरमा ग्लोबल आईएमई बैंकले विद्यार्थी र युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
gib-global-money-week.jpg

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरू आयोजना गर्ने भएको छ ।

बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित  वित्तीय तथा  डिजिटल साक्षरताका कार्यक्रमहरू आयोजना गर्न लागेको हो । 

बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ ।  

यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरू उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालहरूमार्फत् पनि प्रसारण गर्नेछ । 

वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरूमार्फत् विभिन्न कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढि शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ । 

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ