arrow

छ हजार सिलिन्डर गोदाममा लुकाएको अवस्थामा फेला 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २ सोमबार
gas-cylinder.jpg.jpeg
तस्बिर : फाइल

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ । 

ग्यासको कृत्रिम अभाव सृजना गर्ने हेतुले भण्डारण गरेको अवस्थामा विभागको अनुगमन टोलीले सो उद्योगको गोदाममा १४.२ किलो तौल भरिएका ग्यास सिलिन्डर फेला पारेको हो । 

विभागले सो उद्योगलाई रु तीन लाख जरिबाना गराएको छ । ती ग्यास सिलिन्डर नेपाल आयल निगमको समन्वय र रोहबरमा बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ । 

ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्तिमा असर पर्ने गरी कृत्रिम अभाव सृजना नगरी वितरण प्रणाली सहज गर्न विभागले आग्रह गरेको छ । 

मध्यपूर्वमा विकसित तनावका कारण ग्यास आपूर्ति नहुने आशङ्कामा उपभोक्ताले ग्यासको अधिक भण्डारण गर्दा वितरणमा समस्या भइरहेको निगमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ