arrow

सिङ्गापुरबाट हङकङतर्फ लागे देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
deuba-82-6-28ppp.jpg
तस्बिर फाइल

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्। 

नियमित स्वास्थ्य उपचारका लागि सिङ्गापुरमा रहेका देउवा त्यहाँको उपचार सकिएपछि थप स्वास्थ्य परीक्षण र पारिवारिक कार्यक्रममा सहभागी हुन आज हङकङतर्फ लागेको उनको सचिवालयले जनाएको छ।

हङकङमा रहेका परिवारका सदस्यहरूसँगको भेटघाट र स्वास्थ्य उपचारका बाँकी प्रक्रिया पूरा गरेपछि पूर्वप्रधानमन्त्री देउवा नेपाल फर्कने कार्यक्रम तय भएको छ। उनी गत फागुन १३ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेका थिए।

देउवाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र हङकङको कार्यक्रम सकेर उनी छिट्टै स्वदेश फर्किने सचिवालयले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ