arrow

पोखराका सरकारी विद्यालयमा आठ हजार विद्यार्थी थपिए, वडा तहमा बजेटको 'क्रान्ति' गर्दै मेयर आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
dhanraj-acharya-pokhara-06-12.jpg

काठमाडौँ । पोखरा महानगरपालिकाले शिक्षाको गुणस्तर सुधारका लागि चालेका कदमहरूले सकारात्मक नतिजा दिन थालेका छन्। मेयर धनराज आचार्यका अनुसार महानगरको योजनाबद्ध प्रयासपछि पछिल्लो समय सामुदायिक (सरकारी) विद्यालयहरूमा ८ हजारभन्दा बढी विद्यार्थी थपिएका छन्।

महानगरले शिक्षा क्षेत्रमा ५५ बुँदे सुधारका कार्यहरू अघि बढाएपछि सरकारी विद्यालय र शिक्षकहरूमा नयाँ आत्मविश्वास पलाएको मेयर आचार्यले बताए। "अहिले हाम्रा थुप्रै सरकारी विद्यालयमा भर्ना पाउनै मुस्किल हुने अवस्था छ," उनले भने, "कतिपय विद्यालयमा २ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जुन शिक्षा क्षेत्रमा आएको ठूलो परिवर्तन हो।"

विकासको बजेटलाई तल्लो तहसम्म पुर्‍याउन मेयर आचार्यले बजेटको व्यापक विकेन्द्रीकरण गरेको दाबी गरेका छन्। अघिल्लो कार्यकालका वडा अध्यक्षहरूले ५ वर्षमा पाएको जति बजेट अहिलेका वडा अध्यक्षहरूले पहिलो वर्षमै पाएको उनले बताए।

मेयर आचार्यले थपे, "एउटा वडा अध्यक्षले २५ वर्षमा पाउने जति बजेट हामीले एकै वर्षमा वडामा पठाएका छौँ। यसले गर्दा वडा स्तरका साना-ठूला सबै कामहरूले तीव्रता पाएका छन्। वडा बलियो र सफल भए मात्र महानगर आफैँ सफल हुने हो।"

वडा तहमा बजेट र अधिकार निक्षेपण गरेपछि स्थानीय स्तरका योजनाहरू छिटो सम्पन्न हुन थालेको र यसले महानगरको समग्र विकासमा इँटा थपेको उनको भनाइ छ। शिक्षा र पूर्वाधार विकासलाई सँगसँगै लैजाँदा पोखराले नयाँ स्वरूप लिँदै गएको महानगरको दाबी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ