arrow

साम्बाको अकल्याण्डमा भयो घुँडाको शल्यक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
samba-operation-sabitribhandari.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को घुँडाको शल्यक्रिया सफल भएको छ । उनले न्यूजिल्याण्डको अकल्याण्डमा रहेको अस्पतालमा शल्यक्रिया गरेकी हुन् । 

बुधबार बिहान डाक्टर साइमन र उनको टोलीले न्यूजिल्याण्डको अकल्याण्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।

‘खाडी क्षेत्रमा हाल अवस्था सामान्य नरहेकै कारण कतार र एस्पेटार पुग्न समस्या भएपछि त्यहाँकै सुझाव अनुसार न्यूजिल्याण्डमै उपलब्ध विशेषज्ञबाट मेरो शल्यक्रिया गरिएको छ। अब यहाँको डाक्टकै निगरानीमा मेरो रिह्याबको काम भोलिदेखि शुरू हुनेछ,’ उनले लेखेकी छन् ।

स्थिति सामान्य हुनेबितिक्कै रिह्याब एस्पेटारमा निरन्तरता दिने उनले बताएकी छिन् । अखिल नेपाल फुटबल संघ एन्फाले पनि उनको शल्यक्रिया पछिको तस्बिर राखेर शल्यक्रिया सफल भएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ