arrow

गौजेनीमा पहिरोमा पुरिएर एकको मृत्यु, स्काभेटर चालक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
pahiroi.jpg
तस्बिर : फाइल

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका-३ गौजेनीमा सडक विस्तारको क्रममा बुधबार दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्तिको खोजी भइरहेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार गौजेनीस्थित मैदानबाट लप्से जाने सडकखण्ड विस्तारको क्रममा माथिबाट खसेको पहिरोमा पुरिएर स्थानीय ३५ वर्षीय फूलमान तामाङको निधन भएको हो ।

उनको पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको हो । सडक विस्तारमा कार्यरत ललितपुर घर भएका स्काभेटर चालक २४ वर्षीय अमृत तामाङ पहिरोमा पुरिएर हराइरहेका छन् । 

उनको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित स्थानीयवासी खटिएका छन् । तामाङ केही दिन अघिमात्र स्काभेटर चलाउन नुवाकोट आएका प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ