arrow

सात महिनामा एक खर्ब ५४ अर्ब राजस्व सङ्कलन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
birjung-custom-office.jpg

काठमाडौँ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ ।
 
कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व सङ्कलन भएको छ । 

उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व सङ्कलन भएको बताए ।

चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व सङ्कलन गर्‍यो । भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको थियो । 

यसैगरी, मङ्सिरमा रु २० अर्ब ८० करोड, पुुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व सङ्कलन भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ