arrow

एन्फा निलम्बनमा [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १२ बिहिबार
anfa-logo-final.jpg

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ । एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार निलम्बन गरेको हो ।

निर्वाचन रोक्नका लागि पटक पटक दिइएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी बोर्डले खेलकुद विकास नियमावली २०७७ को दफा २९ को (२) लाई टेकेर एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

यो निर्णयबाट पंकजविक्रम नेम्बाङ नेतृत्वको एन्फा तीन महिना निलम्बनमा परेको छ । 

एन्फा चैत १३ गते शुक्रबार झापामा अर्लि इलेक्सन गर्ने क्रममा रहेका बेलामा दुई दिनअघि कारबाहीमा परेको हो । 

एन्फाले अर्लि इलेक्सन आफ्नो अधिकारभित्र पर्ने भनेर कुनै पनि हालतमा चुनाव नरोकिने भन्दै राखेपलाई जवाफ पठाएपछि कारबाही गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ