काठमाडौँ । नेपाल साफ यू–२० फुटबल प्रतियोगितामा समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा शुक्रबार भएको समूह ‘ए’अन्तर्गतको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई १–१ को बराबरी रोकेपछि शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
नेपालका लागि निशानराज लावतले गोल गरे । त्यस्तै माल्दिभ्सका लागि कप्तान मोहम्मद इमराननले गोल गरे । समूह चरणमा नेपालले यसअघि भुटान र श्रीलङ्कालाई हराएको थियो ।